|

भद्रपुर, (झापा) : किचकबधको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका ४ निवासी लोकेन्द्र लिम्बुको १३ वर्षीय छोरा ईदम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार भद्रपुर २ स्थित ऐतिहासिक धार्मिकस्थल किचकबधको पोखरीमा साथीहरूसँग नुहाउन गएका इदमको शनिबार दिउँसो डुबेर मृत्यु भएको हो। मृतक बालक भद्रपुर २ बस्ने राम लिम्बूको घरमा पाहुना आएका थिए। उनको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइसकेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.