छापा

प्रदेश २ का जिल्लामा सीडीओसँगै ‘प्रदेश प्रशासन अधिकारी’
SHARES

चैत ३, २०७५

    जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशभरका जिल्लामा प्रशासन कार्यालय  स्थापना गर्न ऐन ल्याउन लागेको छ। प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘प्रदेश प्रशासन ऐन, २०७५’ आउँदो प्रदेशसभा बैठकमा पेश गर्न लागिएको छ।

    प्रदेशभित्र शान्ति सुव्यवस्था कायम राख्न, जनताको सुविधा र सुशासन कायम राख्न भन्दै प्रदेश प्रशासनसम्बन्धी कानुन बनाउन वाञ्छनीय रहेको विधेयकमा उल्लेख छ। नेपालको संविधानबमोजिम प्रदेश २ को सभाले यो विधेयक तयार पारेको हो। प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको मितिले ऐन लागु हुने समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

    ऐनले प्रदेश २ का आठवटै जिल्लामा ‘प्रदेश प्रशासन अधिकारी’ तोक्ने उल्लेख छ। प्रदेश प्रशासन कार्यालयमा सरकारले प्रदेश निजामती सेवाको राजपत्रांकित प्रथम ?ेणीका एक प्रशासक नियुक्त गर्ने ऐनमा जनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]