|

दाङ : दुई पटक मन्त्री भइसकेका लोकेन्द्र विष्ट मगर पछिल्लो समय राजनीतिलाई छाडेर व्यवसायिक कृषि पेसामा लागेको छन्। केही वर्षदेखि विभिन्न स्थानहरुमा कालो धानको खेती गर्दै आएका विष्टले पछिल्लो समयमा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा ड्रागन फल खेती सुरु गरेको छन्। उनले तीन बिघा चार कठ्ठा जग्गा भाडामा लिई रातकी फल भनेर चिनिने ड्रागन फ्रुटको खेती सुुरु गरेका हुन्।

करिब दुई वर्षअघि माओवादी केन्द्रवाट राजीनामा दिएर राजनीतिक वृत्तबाट बाहिरिएपछि विष्टले सुरुमा कालो धानको खेती सुरु गरे। करिब तीन महिनादेखि बिजौरीमा उनीसहित पाँच जनाले ड्रागन फलको खेती सुरु गरेका छन्।

पूर्व पर्यटन तथा स्वास्थ्य मन्त्री विष्टले करिब १५ वर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताउँछन्। ‘मलाई पहिला पनि यो फलबारे थाहा थियो। एक पटक चीन भम्रण गएका बेला खाने अवसर मिलेको थियो,’ उनले भने, ‘एकदमै राम्रो लाग्यो। मैले त्यसबारे लामो समय अनुसन्धान गरेपछि खेती सुरु गरेँ।’

बिजौरीमा रहेको उक्त जग्गा १५ वर्षका लागि भाडामा लिएका हुन्। अहिलेसम्म दुई हजार १०० वटा बिरुवा रोपिसकिएको छ। चार हजार ५०० बिरुवा रोप्नका लागि ठाउँ तयार पारेको विष्टले बताए। यहाँ करिब सात हजार विरुवा लगाउने योजना रहेको छ।

ड्रागन खेती भित्री तराई–मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ। अहिले रोपेको विरुवाहरु चार वर्षदेखि २०–२५ वर्षसम्म फल दिने समेत पूर्वमन्त्री विष्टले बताए। एक बिरुवाले एक सिजनमा ४० किलोसम्म फल दिन्छ। उनी बारीमा बिहान करिब ८ बजेदेखि साँझ ६ बजेसम्म नै खटिरहेको पाइन्छ। 

पूर्वमन्त्री विष्ट झलनाथ खनालको मन्त्रिपरिषदमा १५ दिन स्वास्थ्यमन्त्री र बाबुराम भट्टराईको सरकारमा छ महिना पर्यटन तथा संस्कृति मन्त्री भएका थिए। २०७४ सालदेखि राजनीतिक यात्राबाट पूर्णरुपमा बिराम लिएका विष्टले राजनीतिकलाई व्यापार र पेसाका रुपमा भन्दा समाज सेवाका रुपमा लिनुपर्ने बताउँछन्। 

राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरु गाउँफर्क, प्रकृतिफर्क र श्रमतिर लाग भन्ने भाषण मात्र नभई व्यवहारमा उतार्न सके राजनीतिक रुपले सही दिशा लिने उनको ठम्याइ रहेको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.