समाज

उपचार नपाउँदा सुत्केरीको मृत्यु
SHARES

चैत ३, २०७५

    कालीकोट : नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीकी २० वर्षीया मीना शाहीको सुत्केरीपछि थप उपचार हुन नसक्दा मृत्यु भएको छ। शुक्रबार राति घरमै सुत्केरी भएकी शाहीको उपचारका लागि अस्पताल लाने क्रममा शनिबार मृत्यु भएको हो।

    घरमै सुत्केरी भएकी शाहीको मृत शिशु जन्मिएको साल निस्कन नसक्दा बेहोस भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भिष्म पोखरेलले बताए। उनले भने, ‘जिल्ला अस्पतालमा सामान्य उपचार गरेर बिरामीको अवस्था गम्भीर भएकाले कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरियो।’

    शाहीको १६ वर्षको उमेरमा पहिलो पटक सुत्केरी भएकी थिइन्। दोस्रो पटक गर्भवती भएपछि दुदुल्लीमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा परीक्षणका लागि आएको अनमी बिमला बुढाले बताइन्। ‘सुत्केरी हुनुभन्दा पहिले शाही सामुदायिक स्वास्थ्य केन्द्रमा आएकी थिइन्,’ उनले भनिन्, ‘सुत्केरी हुन यहाँ आएकी थिइन्। शिशुको अवस्था ठिक थिएन। मैले जिल्ला अस्पताल लिनु भनेर पठाएँ। तर उनी घरमै सुत्केरी भइछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]