प्रदर्शनकारी र प्रहरी गरी ४ जना घाईते

|

बुटवल : प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई 'अलग गर्ने' सहितको संविधान संशोधन प्रस्तावको विरोधमा बुटवलमा भएको प्रदर्शन आक्रामक भएको छ । 

नेतृत्वविहीन प्रदर्शनकारीको भीडले अस्पताल लाइननजिकै शहीद पार्कमा रहेको माओवादीको शहीद स्तम्भ ढलाउनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झण्डै २ घण्टा दोहोरो झडप भएको हो। 

दोहोरो झडपका क्रममा २ जना प्रदर्शनकारी र २ जना प्रहरी सामान्य घाइते भएका छन्। 

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि शहीद पार्कमा रहेको शहीद स्तम्भको हसिया हथौडा हटाएर नेपालको झण्डा राखेका छन्। 

यस्तै प्रदर्शन बुधबार पनि भएको थियो। हेर्नुस् बुधबारको प्रदर्शनको युट्यूब भिडियोः

तोडफोड

बिहीबार प्रदर्शनकारीले आजै बुटवलमा ३ वटा गाडीमा तोडफोड गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको एचआर ०५ भी ००६३ नम्बरको कार तोडफोड गरेका हुन्। 

यस्तै बुटवलकै नेपालगञ्ज रोडमा कपिलवस्तुबाट बिरामी लिएर आउँदै गरेको लु १ च ६९०२ नम्बरको मारुती भ्यान तोडफोड गरेका छन्।  

प्रदर्शनकारीले बुटवलमै लु ९ प ३३९९ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्।

संविधान संसोधन प्रस्ताव फिर्ता लिन माग गर्दै रुपन्देही, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। 

रुपन्देहीमा अनेरास्ववियु र अखण्ड ५ नम्बर प्रदेश दबाब अभियान, लुम्बिनीले गरेको बन्दका कारण जनजीवन अस्तव्यस्त भएको छ।

बाँकी भिडियो हेर्नुअघि प्रदर्शनका १४ फोटो

 

तपाईँ बुटवलमा हुनुहुन्छ? तपाईँसँग त्यहाँका फोटो भिडियोहरु छन्? त्यहाँ के भैरहेको छ? लेख्नुस्/पठाउनुस् [email protected] मा।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.