|

काठमाडौं : सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हालै सरकारले सिके राउतसँग भएको ११ बुँदे सहमतिमा नेपाल स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अभिभाज्य र अखण्ड भन्ने उल्लेख हुनु स्वागतयोग्य भएको बताएका छन। 

पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा ३ नम्बर प्रदेशको विशेष शिल्पी भेलामा सहअध्यक्ष श्रेष्ठले सम्झौताका कतिपय बुँदा अमूर्त रहेकाले सरकारले त्यसको व्याख्या गर्नुपर्ने धारणा राखे। 

राजनीतिक मुद्दालाई राजनीतिक ढङ्गले नै हल गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले नेकपा (विप्लव) समूहसँग वार्ता गरी समस्या समाधान गर्नुपर्दछ। उनले शिल्पीको सम्मानजनक पहिचानका लागि आफ्नो पार्टीले व्यवहारमै शिल्पी विशेष प्रदेश बनाएर उदाहरणीय बनेको उल्लेख गरे। 

कार्यक्रममा पार्टीका उपमहासचिव दानबहादुर विश्वकर्मा, ३ नं प्रदेशका पार्टी अध्यक्ष लालबहादुर तामाङ, तारा विश्वकर्मालगायतले पनि पार्टीका कार्यदिशाका बारेमा धारणा राखेका थिए।  भेलाले शरण रसाइलीको अध्यक्षतामा १६ सदस्यीय शिल्पी विशेष प्रदेश ३ नं प्रदेश समिति गठन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.