|
File Photo

तुलसीपुर, : नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ। राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिए। 

नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको चौधरीको भनाइ छ। ‘नेपाल सरकारले देशभरि ४२ हजारलाई तालीम दिने योजना ल्याएको थियो, त्यसमा पनि यस वर्ष प्रदेश नंं ५ अन्र्तगत दाङमा पन्ध्र सयलाई स्वरोजगारमूलक विभिन्न तालीम शुरु गरेका छौँ’, उनले भने। 

प्राविधिक शिक्षालयले ब्युटिसियन, सिलाइकटाइ, पेन्टर, प्लम्बर, जुनियर मेकानिक्स, अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने) तालीम लगायतका १९ वटा तालीम यस वर्ष सञ्चालन गरेको बताएको छ। त्यस्तै लमहीमा शनिबारदेखि ६५ दिने अप्टिकल डिस्पेन्सर (चश्मा बनाउने )तालीम शुरु भएको छ । 

बीस जना सहभागी रहेको तालीमको प्रशिक्षकमा दृष्टि विशेषज्ञ मदन चौधरी र प्रकाश चौधरी रहेको राप्ती प्राविधिक शिक्षालयका तालिम संयोजक कुलराज चौधरीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.