|

इलाम : माइभ्याली गोल्डकपको पाँचौँ संस्करणको दोस्रो सेमिफाईनल खेलमा आज झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनीङ सेन्टर (केएफटीसी) र हिमालयन शेर्पा क्लब काठमाडांबीच प्रतिस्पर्धा हुदैछ।

विभागीय टिम त्रिभुवन आर्मीलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले हराएर काँकडभिट्टा सेमीफाइनल पुगेको हो भने हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। यी दुई टोलीमा विजयी टीमले दाफिन्स फुटबल क्लब क्यामरुनसँग उपाधी भिडन्त गर्नेछन्। यस संस्करणमा फाइनलमा भिडने टोलीहरु नयाँ हुनेछन्। माइभ्याली गोल्डकपमा काँकडभिट्टा र शेर्पा यसै संस्करणमा सहभागिता जनाएका हुन्।  

जारी सिजनमा काँकडभिट्टा र शेर्पा पहिलो पटक भिड्न लागेका हुन्। जारी सिजनमा दोश्रो विशाल मेमोरियल गोल्डकपमा विभागिय टिम त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो। पोखरा कपमा अर्को विभागीय टिम एपिएफसँग २–१ ले पराजित हुन पुग्यो। भरखरै सम्पन्न आहारारा गोल्डकपको १७ औ संस्करणमा धरान फुटबल क्लबले हिमालयन शेर्पाको चुनौती १–० ले पन्छाएको थियो।

त्यसैगरी काँकडभिट्टा सिजनको पहिलो प्रतियोगिता खप्तड गोल्डकपको सेमीफाइलनमा रुस्लान थ्रीस्टारसँग २–० ले पराजित भएको थियो भने बुढासुव्वा गोल्डकपको क्वाटरफाइलनमा संकटासँग सडनडेथमा पराजित भएकाे थियाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.