|

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–३ र १९ को सिमाना लेवट तीनताप्केमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

भत्किएको सडकको मर्मत नगरी सडक कर मात्र उठाएको भन्दै स्थानीयहरुले राजमार्गअन्तर्गत हेटौँडा–नारायनगढ सडकखण्डको तीनताप्केमा सडक अबरूद्ध गरेका हुन्। १५ दिनमा बाटो कालोपत्रे गर्ने सहमति भए एक महिना बितिसक्दा पनि कालोपत्रे नभएकाले राजमार्ग अवरूद्ध गर्न बाध्य भएको स्थानीय आकाश पाठकले बताए।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन्। ठेकेदार र सडक कार्यालयको लापरवाहीका कारण आफुहरुले दुःख पाएको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन्।

करिब ५०० मिटर क्षेत्रमा सडकमा ठूल–ठूला खाल्डा रहेकाले दुर्घटना अधिक हुने गरेको स्थानीयको भनाइ छ। कालोपत्रे नहुँदा त्यस क्षेत्र सधैं धुलाम्मे हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.