|

ओखलढुंगा : सरकारले नि:शुल्क वितरण गर्न स्वास्थ्य संस्थामा पठाएको औषधि बेच्ने अहेब जोगाउन जिल्ला स्वास्थ्य प्रमुख नै लागेका छन्। सुनकोसी गाउँपालिका ७, च्यानम स्वास्थ्य चौकीका अहेव मोहन बानियाँले निशुल्क औषधि बेचेको, सेवाग्राहीमाथि गाली गलौज गर्ने गरेको आरोप लागे पनि छानबिन गर्नुको सट्टा जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी बचाउमा लागेका हुन्।

अहेवले सरकारले निशुल्क रुपमा उपलब्ध गराएको सरकारी औषधि बिक्रि गरेपछि स्थानीयले कारबाही गर्न वडा कार्यालय र स्वास्थ्य कार्यालयमा उजुरी गरेका थिए। उजुरीपछि विभिन्न संचारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रमुख सुवेदीले सञ्चारकर्मीहरुलाई आधारबिना समाचार लेखे अप्ठेरोमा पार्ने चेतावनी दिन थालेका छन्।

उनले टेलिफोन गरेर समाचार लेख्ने पत्रकारलाई प्रमाण विनाको समाचार लेखे अप्ठेरोमा पार्ने चेतावनी दिएका हुन्। स्थानीयले कारबाही गर्न गरेको उजुरी छानबिन गर्नुको सट्टा समाचार लेख्ने सञ्चारकर्मीमाथि प्रमाण नभएका समाचार नलेख्न चेतावनी दिएपछि स्थानीयले समेत प्रमुख सुवेदीको कार्यशैलीमाथि प्रश्न गर्न थालेका छन्। कारबाहीको सट्टा सञ्चारकर्मीलाई चेतावनी दिएर ढाकछोप गर्न लागेका सुवेदी र अहेव बानियाँको सम्बन्धबारे अनेक आशंका गर्न थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.