|

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका ६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषधसहित एक पक्राउ परेका छन्। सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ चेकजाँच गर्दा  पक्राउ परेका हुन्।

आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा डाईजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.