|

नवलपरासी : पूर्वी नवलपरासीको कावासोती १३ गौरीमा आगलागीबाट ४ घर जलेर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंसिक क्षति पुगेको छ। आगलागीबाट हस्तमाया थापा, मीना थापा, बिन्दुमाया थापा र गोरे तामाङको घर पूर्णरूपमा जलेको छ भने आइतिसरा तामाङको घरमा आंसिक क्षति पुगेको ‍हो।

आगलागी भएपछि समयमा दमकल  नपुगेकै कारण ठूलो क्षति भएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन्।  कावासोती नगरपालिकाको दम्कल बिग्रिएको लामो समय भइसक्दा पनि मर्मत नगर्दा संचालनमा आउन सकेको छैन। भरतपुरबाट आएको दमकल र स्थानीयको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.