|

धनकुटा : धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ मा रहको भञ्याङ डाँडा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा पाँच घर जलेका छन।

आइतबार अपराह्न तेलियास्थित उक्त सामुदायिक वनबाट फैलेको आगोले कर्कले गाउँका हिरामाया तामाङ, भरत शमसेर गिरी, दोर्ण बहादुर भुजेल, ज्ञानबहादुर अधिकारी र बुद्ध बहादुर तामाङको घर जलेर नष्ट भएको स्थानीय शंकर ओझाले जानकारी दिए।

नियन्त्रण बाहिर रहेको आगो मार्सेगाउँ तिर फैलदै गएकाले अरू ५ घर जोखिममा परेका छन्। आगोले कर्कलेटोलमा वितरित खानेपानीको दुई किलोमिटर पाइप जलेको छ भने बिद्युत सेवा अबरुद्ध भएको छ। आगोका कारण मार्से गाउँ र स्थानीय फुर्केसल्ला प्राथमिक विद्यालय जोखिममा परेको छ।

पानी र पर्‍याप्त जनशक्ति नहुँदा हावाहुरीका कारण फैलदै गएको आगो नियन्त्रण बाहिर रहेको ओझाले बताए। आगलागी भइरहेकाले कति क्षति भयो भन्ने विवरण आउन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.