|

बैतडी : सरकारले २०६९ माघमा किसानहरुलाई लक्षित गरेर बाली बिमा कार्यक्रम ल्याए पनि यसबारे जानकारी नहुँदा किसानहरुले बाली बिमा गरेका छैनन्। व्यवसायिक रुपमा कृषिमा लागेका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति भए पनि बैतडीमा अहिलेसम्म किसानको आकर्षण बढ्न नसकेको हो। 

असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोप भएर बालीनालीमा क्षति पुगे ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने बाली बिमा योजनामा व्यवस्था छ। तर, किसानले बाली बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। बाली बिमा नगरेकै कारण किसानहरुले बर्सेनि लाखौँ रुपैयाँ क्षति ब्यहोर्दै आएका केन्द्रले जनाएको छ। बाली बिमाबारे आवश्यक जानकारी नभएकै कारण किसानहरुको यसमा चासो नबढेको अगुवा किसान कृष्णदत्त भट्टको भनाइ छ

सरकारले विभिन्न बालीहरुमा त्यसको लागत निर्धारण गरेर ७५ प्रतिशत बिमा शुल्क आफैले तिर्ने गर्दछ। क्षतिपूर्ति पाउँदा किसानले लागतको ९० प्रतिशतसम्म पाउने गर्दछन्। तर, बाली बिमाबारे आफूहरुलाई जानकारी नभएको गुरुखोलाका किसान वीरबहादुर टेरले बताए। 

दुई जनाले मात्रै गरे बाली बिमा 

बाली बिमा योजना लागू भएपछि बैतडीमा अहिलेसम्म दुई जनाले बिमा गरेका छन्। बाली बिमा गराउने कम्पनीको पहुँच नहुनु, किसानलाई बाली बिमाबारे जानकारी नहुनु लगायत कारणले बिमा गर्ने किसानको संख्या बढ्न नसकेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.