|

मुगु : लगातारको हिमपातका कारण दुई महिनादेखि अवरुद्ध  नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ । मुगु र जुम्लाको सिमानामा पर्ने घुच्चीलेकको सात मोड, भुलभुलेमा पाँच फिटसम्म हिउँ जमेर पुस अन्तिम सातादेखि बन्द भएको सडक शनिबारदेखि सञ्चालनमा आएको हो। 

सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय जुम्ला, छायानाथ रारा नरपालिका, जिल्ला प्रशासन कार्यालय, मुगु उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पहलमा जुम्लाको भुलभुलेदेखि मुगुको झाडनाउलासम्म डोजर लगाएर हिउँ हटाएपछि सडक सञ्चालनमा आएको होे। सडक खुलेसँगै साना गाडी र ट्रयाक्टर सञ्चालनमा आएका छन्।

दुई महिनादेखि सडक अवरुद्ध हुँदा निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको र दैनिक उपभोग्य सामानाको अभाव भएको थियो। ठूला सवारी साधन नियमित सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए।

जोखिमपूर्ण सडक

गमगढी–नाग्म सडकखण्ड जोखिमपूर्ण रहेको छ। नाग्मबाट गोठी जिउला हुँदै झ्यारीखोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा  हिउँद याममा हिउँले र वर्षा पानी हिलो हुने गरेको छ। पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ ।

बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक बिर्ष थापाले बताए। ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि सडक स्तरोन्नति नहुँदा वर्षमा चार महिना मात्र यातायातका साधन चल्ने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.