|

पोखराः कास्कीको मादी गाउँपालिका ३ मा स्थानीय जातको कुखुरामै बर्डफ्लू रोग लागेको पाइएको छ। स्थानीयको ५० भन्दा धेरै कुखुरा लगातार मरेपछि नमुना संकलन गरी परिक्षण गर्दा ती कुखुरामा बर्डफ्लूको संक्रमण भेटिएको पशु चिकित्सक डा. गृष्म न्यौपानले जानकारी दिए।

‘कुखुराहरु लगायतार मर्न थालेपछि गाउँलेले खबर गरेका थिए,’ उनले भने, ‘मरेका कुखुरा हामीले परिक्षण गर्दा बर्डफ्लूको भाइरस एच फाइभ एन वान देखियो । यसको भेरीफाइका लागि काठमाडौँमा रहेको प्रयोगशालामा पनि पठायौँ त्यहाँ पनि बर्डफ्लू नै भन्ने सियोर भएपछि हाम्रो टोली यहाँ खटिएको छ।’ 

बर्डफ्लू नै भेटिएको पक्का भएपछि सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले चिकित्सकहरुसँग छलफल गरी नियन्णको लागि चिकित्सकहरु मादी पुगेका हुन्। मादीमा फागुनको तेस्रो हप्ता देखि धमाधम कुखुरा मर्न थालेका थिए। 

अहिले मादी प्रवेश गर्ने र बाहिरीने क्षेत्रबाट अन्यजातका कुखुरा भित्र्याउन, बाहिर लैजान र दाना ओसारपोसार गर्न पनि रोक लगाइएको उनले जानकारी दिए। त्यस्तै चिकित्सकहरुले सचेत रहन पनि आग्रह गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.