|
फाइल फोटो

काठमाडौं : एसिया कप ट्वान्टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा नेपालले निराशाजनक प्रदर्शन गरेको छ। प्रतियोगितामा नेपालले खेलेका सबै ५ खेलमा पराजय बेहोरेको छ। 

शुक्रबार भएको अन्तिम खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ। १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपालले मात्र २१ रन जोड्न सफल भयो। १६ ओभर ३ बल खेल्दै नेपालले २१ रन जोड्दा आफ्ना सबै विकेट गुमाउन पुग्यो र खेलमा ९९ रनले पराजित भयो। नेपालले प्रतियोगिता अवधिभर जोडेको यो सबैभन्दा कम योगफल हो। नेपालले श्रीलंकाविरूद्वको खेलमा २३ रन जोडेको थियो भने पाकिस्तानविरूद्वको खेलमा ४७ रन जोडेको थियो। यस्तै, बंगलादेशसँगको खेलमा ४१ रन, थाइल्यान्डसँगको खेलमा ६३ रन जोडेको थियो। 

प्रतियोगिता अवधिभरमा मात्र ४ खेलमा ब्याटस्वुमनले दोहोरो अंक जोडेका छन्। दोहोरो अंक जोड्ने ब्याटस्वुमनमा ज्योती पाण्डे, रुविना क्षेत्री, सीता राना मगर रहेका छन्। 

शुक्रबार भएको अन्तिम खेलमा नेपालले २१ रन जोड्दा सरिता मगरले सर्वाधिक ६ रन जोडिन् भने नेपालले उक्त खेलमा ७ अतिरिक्त रन पाएको थियो। 
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय २० रन जोडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.