|

धनुषा: चाँदीको गरगहनासहित चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।   २९ फागुन २०७५ मा जनकपुरधाम उप–महानगरपालिका वडा  २ विद्यानगरमा चोरी भएको चाँदीको गरगहना सहित महोत्तरीबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा  ८ पगलाबाबा धर्मशाला टोल बस्ने २३ वर्षीय सलामत दर्जी सोही ठाउँका वर्ष ३५ की नशरा खातुन, जनकपुरकै पेठीया बजार बस्ने २१ वर्षीय असरफ राईन, र वडा २३ सोनामाई टोल बस्ने ३३ वर्षीय कमरान दर्जी रहेको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
महोत्तरीको भिट्टामोड प्रहरी चौकी र धनुषाको प्रहरीको संयुक्त टोलीले खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेको उनीहरुको साथबाट चाँदीको हसुली, चाँदीको ब्रासलेट, चाँदीको पहुची १, चाँदीको बाला र चाँदीको पाउजु १÷१ जोर, चाँदीको औठी १ थान, चाँदीको खुट्टामा लगाउने ठेसा ६ थान, मोवाईल ३ थान, नेपाली रु २ हजार २ सय र भारु २ हजारर रा.बा.बैकको दिर्घ सेवा पदक बरामद भएको जनाएको छ ।

उनीहरु चोरी गरेर महोत्तरी जलेश्वर नगरपालिका वडा  ३ स्थित भारत जाने तरखरमा रहेको बेला चोरीका सानामहरु सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.