|

पर्वत : पर्वतमा निर्माण हुँदै गरेको मध्यमोदी जलबिद्युत आयोजनामा सोमबार भएको आगलागीमा परी ३ जना कामदारहरु घाईते भएका छन्।  सुरुङदेखि विद्युतगृहसम्म पानी पठाउने पाईमा रङ लगाउने क्रममा सोमबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

आगलागीमा परी रङ लगाउँदै गरेका अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ रहेका छन्। सुरुङ् भित्रको पाइपमा रङ लगाउने क्रममा अँध्यारो भएपछि उज्यालोको लागि जोडिएको तार सर्ट भएका कारण आगलागी भएको प्रहरीले बताएको छ। बिहान साढे १० बजेको समयमा लागेको आगो नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी र आयोजनामा कार्यरत कामदारहरुको सहयोगमा दिउसो १ बजेमात्र नियन्त्रणमा आएको थियो।

आगलागीका कारण रङहरु जलेका भएपनि आयोजनाका अन्य उपकरणहरुमा भने क्षती नभएको आयोजना प्रमुख पवनकुमार यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.