|

दाङ : दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ घाईते भएका छन्। सोमबार दिउँसो ना ४ ख ६०९४ नम्बरको बस दुर्घटनामा पर्दा सहचालक रोल्पाका २२ बर्षीय हर्कबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो। 

दिउसो दाङ घोराही उपमहानगरपालिका १३ बाह्रकुने दह नजिकै घोराही होलेरी सडक खण्डमा सो दुर्घटना भएको थियो। बसमा सवार ३४ जना  यात्रुमध्ये २८ घाईतेहरुको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.