काठमाडौं : अनेरास्ववियुकी अध्यक्ष तथा संघीय संसद प्रतिनिधिसभा सदस्य नवीना लामा अस्पताल भर्ना भएकी छन। छातीमा दुखाइ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक डा. जेपी जैसवालले बताए। नियमीत स्वास्थ्य जाँचका निम्ती सोमबार अस्पताल गएकी लामालाई डाक्टरले एकदिन अस्पतालमै आराम गर्न सुझाव दिएको अनेरास्ववियुकी सचिव आरती लामाले जानकारी दिइन।
सांसद लामालाई अस्पतालले मंगलबार डिस्चार्ज गर्ने जानकारी दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।