|

दार्चुला : भारत पिगौरागढ जिल्लाको तावाघाट क्षेत्रमा मजदुरी गर्न गएका एक नेपाली युवकको मृत्यु भएको छ।

तावाघाटको थाडीघारमा सडक निर्माणमा संलग्न करिब २६ वर्षीय गोपालसिंह कार्कीको मृत्यु भएको भारतीय सञ्चारकर्मी राकेश तिवारीले जानकारी दिए।

कार्कीसँगै काम गर्ने साविकको सुन्सेरा गाविसका ४५ वर्षीय मनदसिह कुवँर घाइते भएका छन। सोमबार बिहान ९ बजेतिर भिरबाट लडेर बोल्डरको चपेटमा आएका कार्कीको घटना स्थलमै मृत्यु भएको थियो।

घटना स्थलमा भारतीय प्रहरी बेलुका ६ बजे मात्रै पुगेकोले उद्धार र अन्य कार्यमा समस्या भएको जनाइएको छ। घटनाबारे नेपाल प्रहरीलाई भने जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.