|

बाँके : जिल्ला प्रहरी कार्यालय, बाँकेले भूमिसुधार तथा मालपोत कार्यालयका आठजना कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ। कार्यालय समयभन्दा पछि काम गरिरहेको अवस्थामा कर्मचारीलाई कार्यालयबाट नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। उनले सात जना मालपोतका कर्मचारी र एक जना मालपोतका पूर्वकर्मचारीलाई सोमबार बेलुका करिब साढे सात बजे पक्राउ गरेको बताए।

कर्मचारीले सरकारी जमिन व्यक्तिको नाममा गरेको खुलासा भएपछि उनीहरूलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत अधिकृत स्तरका कर्मचारीसमेत भएको प्रहरी प्रमुख पौडेलले बताए।

पौडेलले अनुसन्धानका क्रममा रहेकाले पक्राउ पर्नेको नाम सार्वजनिक गर्न नमिल्ने बताए। उनले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। अनुसन्धानमा बाधा पुग्ने भएकोले नाम गोप्य राखिएको उनको भनाइ छ। ‘पक्राउ पर्नेमा दुईजना लेखापढी व्यवसायी हुन्,’ उनले भने।

यस्तै मुद्दामा मुद्धामा भूमिसुधार तथा मालपोत कार्यालय बर्दियामा कार्यरत दुई जना कर्मचारी पनि पक्राउ परेका छन। मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गर्न खोजेपछि कार्यालय प्रमुख फरार भएका छन। करिब ४ महिना अगाडि ठाकुरबाबा नगरपालिका नेउलापुरमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन। उनीहरूविरुद्ध सरकारी कागजातमा किर्ते गरेको आरोपमा मुद्दा परेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.