चितवन : गैँडाले आक्रमण गर्दा चितवनमा एक महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालlका ६ बछ्यौलीकी करिब ६० वर्षीया जानकी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा गैँडाले सोमबार बिहान साढे ११ बजे आक्रमण गर्दा चौधरी गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा चितवन मेडिकल कलेजमा सोमवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।