समाज

तीन महिनापछि बस्दै प्रदेश ३ सभा बैठक
SHARES

चैत ५, २०७५

    हेटौँडा : प्रदेश ३ को सभा बैठक तीन महिनापछि बस्ने भएको छ। प्रदेशको स्थायी राजधानी र नामकरणको विषयका कारण लामो समयदेखि बस्न नसकेको प्रदेशसभाको हिउँदे अधिवेशन चैत १७ गते बस्ने भएको हो।

    स्थायी राजधानी तोक्ने र नामकरण गर्ने विषयमा सदनमा रस्साकस्सी भइरहेको समयमा पुस १२ गते प्रदेशसभाको बर्खे अधिवेशन स्थगन भएको थियो। प्रदेश ३ सरकारले प्रदेश प्रमुख अनुरोध कोइरालालाई हिउँदे अधिवेशन डाक्नका लागि शनिबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आग्रह गरेको थियो । सोमबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो ।

    कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले चैत १७ गतेका लागि बैठक डाक्ने निर्णय गरिएको समितिका सदस्य तथा प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए। समितिको बैठकले प्रदेशसभाको एजण्डाबारे अझै टुंगो लगाएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]