राजनीति

सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने
SHARES

चैत ५, २०७५

    काठमाडौं : सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी गरेको छ। 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिएका हुन्। मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सडकलाई सुरक्षित बनाउन सोसम्बन्धि आवश्यक कानुन बनाउने कामलाई पनि अघि बढाइएको बताए।

    मन्त्री महासेठले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायहरुलाई पनि सचेत गराए। मन्त्री महासेठले सरकारले सडकको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको पनि स्मरण गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]