समाज

लडेर महिलाको मृत्यु
SHARES

चैत ५, २०७५

    गुल्मी : छत्रकोट गाउँपालिका–३ मा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने ४१ वर्षीया  शान्ति परियार रहेको प्रहरीले जनाएको छ।

    परियार सोमबार बासखर्कबाट राजापानी घरतर्फ फर्कँदै गर्दा भीरबाट लडेर घाइते भएकी थिइन्। उनी बाटोबाट करिब २० मिटर खसेको बताइएको छ। उनको श्रङ्गा  प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए।

    शव पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]