|

दाङ:  देउखुरी जिल्ला अदालतले भिडियो कलमार्फत अभियुक्तसँग प्रहरी कार्यालयबाटै बयान लिन थालेको छ। अदालतले मंगलबार जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका एक जना जवरजस्तीकरणि मुद्धाका अभियुक्तसँग भिडियो कल मार्फत बयान लिएर म्याद थप गरेको छ।

जिल्ला न्यायाधिस हेमन्त रावलले जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत राजन गौतम र जवरजस्तीकरणी मुद्धाका अभियुक्तसँग श्रव्यदृष्य भिडियोमार्फत सोधपुछ गरि प्रहरीलाई अनुसन्धान गर्न थप ४ दिनको म्याद थप गरेका छन्। अब म्याद थपका लागि अभियुक्तलाई प्रहरी कार्यालयमा ल्याउनु नपर्ने र अदालतले अन्य जिल्लाका अदालतहरु सँगको आन्तरीक सोधपुछ पनि भिडियो कल मार्फत नै गर्ने न्यायाधिस रावलले बताए।

अब यस्तो व्यवस्थाले समय, ईन्धन, जनशक्तिको बचत सँगै सुरक्षा व्यवस्थामा समेत मद्धत पुग्ने छ। कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुबेदीले सेवालाई प्रविधी मैत्री बनाउदै छिटो छरितो बनाउदा सबैलाई फाइदा पुग्ने बताए।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेले जिल्लाका जिल्ला प्रहरी कार्यालय घोराही, इलाका प्रहरी कार्यालय तुलसीपुर, गढवा र वडा प्रहरी कार्यालय लमही गरि ४ स्थानबाट अदालतमा भिडियो कल मार्फत बयान र म्याद थप गर्न सकिने गरी प्रबिधी जोडिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.