|

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको बयान सुरु भएको छ। निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीप विष्टका दाजुले एसपी विष्टसहित आठ जना प्रहरीविरुद्ध सार्वजनिक न्याय कसुर मुद्दा दर्ता गराएका थिए।

उक्त मुद्दामा फरार रहेका भनिएका एसपी विष्ट आफैँ अदालतमा उपस्थित भएका थिए। बिहान साढे १० बजेतिर अदालतमा उपस्थित भएका विष्टको दिउँसोदेखि बयान सुरु भएको थियो। जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा एसपी विष्टको बयान सुरु भए पनि नसकिएपछि उनी प्रहरी नियन्त्रणमा छन्।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले दालतमा हाजिर भएका पूर्वएसपी विष्टको बयान नसकिएको बताए। उनको बयान नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको श्रेष्तेदार अवस्थीले जानकारी दिए। बुधबार बयान सकेर थुनछेक बहस हुने अदालतले जनाएको छ।

 


सम्बन्धित समाचार

निर्मला हत्या प्रकरण : फरार एसपी विष्ट अदालतमा उपस्थित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.