|

काठमाडौं : गीतकार पुरण क्षेत्रीको खेलाडीबारे गाएको गीत ‘खेलाडी हौँ, हामी खेलाडी’ गीत सार्वजनिक भएको छ।

गायक मोहित श्रेष्ठ र सागर अविरल जिसी तथा गायिकाहरू प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो मंगलबार युट्यूबमार्फत सार्वजनिक भएको हो।

दीपिन थापाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले गरेका छन।

तीन वर्षअघि रेकर्ड गरिएको उक्त खेलाडी गीतको एरेञ्ज कृष्ण पुनले गरेका थिए भने अक्सिजन मिडिया प्रालिले अडियो सार्वजनिक गरेको थियो।

गायक तथा संगीतकार मोहित श्रेष्ठको संगीत रहेको उक्त म्यूजिक भिडियोमा सुनछहरी कला केन्द्रका कलाकारहरूको नृत्य रहेको छ।

हाल रोल्पा नगरपालिकाका मेयर समेत रहेका गीतकार क्षेत्रीले जलजलाको नूतन सन्देश (२०६३) र देशले उत्साह खोजिरहेछ (२०७३) कविता संग्रह पनि प्रकाशन गरिसकेका छन।

हेर्नुहोस्, ‘खेलाडी गीत’को भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.