भ्रममा स्थानीय तह

|

भद्रपुर, (झापा) : झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ। सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिममा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ। झापालाई तराईबाट अल्गाएर पहाडसँग दाजेर सार्वजनिक बिदा दिएपछि जिल्लामा होली पर्वको बिदामा विवाद देखिएको थियो।

जिल्लाको बिदाको बिषयमा सञ्चारमाध्यममा व्यापक समाचार प्रकाशन भएपछि अन्य तराईको जिल्लासरह झापामा चैत ७ गते बिहीबार सार्वजनिक बिदा दिएको हो। झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधबार सरकारी कार्यालय खुल्ला रहने, बिहीबार कार्यालय बिदा हुने बताए। गृहले बिदाको निर्णय सच्याएको विषयमा प्रजिअ दाहालसमक्ष प्रश्न राख्दा उनले भने, ‘भोलि खुल्ला हो, पर्सि बन्द हो, अहिले त्यति नै बुझ्नुहोस।’

यता प्रशासन स्रोतका अनुसार झापाबासी बिहीवार होली मनाउने हुँदा गृहकै आदेशमा बुधबारको बिदा रद्ध गरी बिहीबार बिदा दिन प्रशासन कार्यालय झापालाई आदेश दिएको हो।

भ्रममा स्थानीय तह

संघीय सरकारले गरेको सार्वजनिक बिदा उल्टाउन नसक्दा आन्तिरक निर्णय बमोजिम झापाका केही स्थानीय तहले दुई दिन नै होलीको बिदा दिएको छ। बुधबार खुल्ला होइन सार्वजनिक बिदा भन्नेमा झापाका १५ वटै स्थानीय सरकार जानकार छन्। तर, अन्तिम समयमा आएर झापा प्रशासनले सार्वजनिक बिदाको मिति परिर्वतन गर्दा स्थानीय तहमा भ्रम जस्ताको त्यस्तै छ। कतिपय स्थानीय तहले बुधवार विदा दिएको छ भने, कतिपयले बुधबार र बिहीबार दुवै दिन बिदा दिएको देखिन्छ।

स्थानीयको परम्परागत धार्मिक रीतिरिवाजअनुसार पहाडमा मनाउने भोलिपल्ट झापामा होली मनाउने चलनबमोजिम भद्रपुर नगरपालिका, गौरदाह नगरपालिका, कचनकवल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाले बिहीबार स्थानीय बिदा दिएको जनाइएको छ।

सो नगर तथा गाउँपालिकाले सूचना प्रकाशन गरेर स्थानीय विदा दिएको हो । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार बुधवार सरकारको र विहीवार स्थानीय तहले बिदा दिएको हो। 

यता बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका, बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, सरकारको निर्णय बमोजिम बिदा दिएको छ। कनकाई नगरपालिका र झापा गाउँपालिकाले बिहीबार बिदा दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.