|
फाइल फोटो

काठमाडौं : नागरिकता लिन थर वा जात उल्लेख नगरी उपनामबाट मात्रै पनि नागरिकता मिल्ने भएको छ।  नागरिकता लिन चाहने व्यक्तिले उपनाम मात्रै राखेर नागरिकता लिन चाहेमा त्यस्तो नागरिकता दिने व्यवस्था नागरिकता ऐनमा गर्न लागिएको छ।

संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले मंगलबार सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने व्यवस्था गर्ने विषयमा सहमति जुटाएको हो।

यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिंगीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जुटाएको छ। महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ।

समितिले ऐन बने पनि नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिले नागरिकतामा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा नागरिकता जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्रुटी सच्याउन पाउने व्यवस्था गरेको छ।

यसैगरी यसअघि नागरिकता प्राप्त गरिसकेको व्यक्तिको हकमा पनि ऐन जारी भएको एक वर्षभित्र आधार र प्रमाणसहित त्यस्ता त्रुटिसमेत सच्याउन सक्नेछन। यस्तै नागरिकतामा हुन सक्ने सामान्य त्रुटि वा आकार इकारमा फरक परेमा त्यस्ता समस्यामा पनि जुनसुकै समयमा सच्याउन सक्ने विषयमा समितिले सहमति जुटाएको छ।

बहादुर, प्रसाद , नाथ, देवीजस्ता बीचको नाम जनाउने विषय बढी भए वा थप गर्नुपरे त्यस्ता समस्या सच्याउन सकिने समितिले निर्णय गरेको छ।

राज्यव्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल जारी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.