|

बैतडी : बैतडीमा प्रहरीका दुई भ्यान ठोक्किएका छन्। इलाका प्रहरी कार्यालय पाटन, बैतडीको बा १ झ १२३९ नम्बरको भ्यान र  जिल्ला प्रहरी कार्यालय दार्चुलाको ना १ झ ५८५ नम्बरको भ्यान ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

मंगलबार बेलुका ७ बजे दशरथचन्द राजमार्गको  दशरथचन्द नगरपालिका-४ कठपतेमा टोक्किएका भ्यानहरुमा दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाही र इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटी रहेका थिए।

दुई भ्यान ठोक्किए पनि सबै जना सुरक्षित रहेका छन्। ठूलो दुर्घटनाबाट जोगिएको प्रहरी नायब उपरीक्षक गिरीले  भने, ‘सामान्य चोटपटक लाग्नुबाहेक अन्य ठूलो क्षति भएन।’ ठोक्किएका दुवै भ्यानहरुको अघिल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 
असिनासँगै भइरहेको वर्षाले गर्दा सडक चिप्लो भएकाले दुर्घटना हुन पुगेको प्रहरीले जनाएको  छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका भ्यान मर्मतका लागि बैतडी सदरमुकामतर्फ गइरहेको र इलाका प्रहरी कार्यालय पाटनको भ्यान जिल्ला अदालतबाट थुनुवाको म्याद थप गरी कार्यालयतर्फ फर्किरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.