|

विराटनगर :  विराटनगरमा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाईनल खेलमा नेपालले  श्रीलंकाविरुद्ध खेल्दै छ। 

विराटनगरस्थित शहीद रंगशालामा बुधबार विहान ११ बजे दखि पहिलो सेमिफाइनल खेल सुरु हुने छ। समुह चरणमा प्राप्त नतिजा र श्रीलंकाको प्रर्दशनले फाईनलमा पुग्ने नेपालको अपेक्षा छ। 

नेपाली टिमका मुख्य प्रशिक्षक हरी खड्काले नेपालको आक्रमक खेललाई सेमिफाईनलमा समेत निरन्तरता दिने बताए।  प्रशिक्षक खड्काले श्रीलंकाविरुद्व होसियार भएर मैदानमा प्रस्तुत हुनेसमेत बताए। नेपालले समुह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो। यता, समुह चरणमा माल्दिभ्सविरुद्व जित निकालेपनि भारतसँगको फराकिलो हारले श्रीलंका दबाबमा छ। सेमिफाईनलमा नेपालविरुद्व उत्रदै गर्दा श्रीलंकाले आफ्ना सबै कमजोरीलाई सच्चाउने प्रयास गर्नेछ।

साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाईनल खेलपनि आजै हुने छ। विराटनगरस्थित शहिद रंगशालामा दिउसो ३ बजेदेखि हुने दोस्रो खेलमा भारत र बंगलादेश भिड्दै छन्। भारत समूह बीको विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको हो। बंगलादेशले समूह एको उपविजेताको रुपमा अन्तिम–४ मा स्थान पक्का गरेको थियो।

भारतले समूह चरणमा माल्दिभ्सलाई ६–० र श्रीलंकालाई ५–० ले हराएको थियो। डिफेन्सको उत्कृष्ट नमुना प्रस्तुत गर्दै भारतले दुवै टोलीविरुद्व आक्रमक खेल प्रस्तुत गरेको थियो।

समुह एको उपविजेता बंगलादेशले पहिलो खेलमा भुटानलाई २–० ले हराएपनि नेपालसँग ३–० को हार ब्यहोरेको थियो। खेलको विजेताले उपाधिका लागि नेपाल र श्रीलंकाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.