|
फाइल फोटो

विराटनगर : श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार पाँचौ साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो। योसँगै नेपाली महिला टोली साफ च्याम्पियनसिपको फाइनलमा चौथोपटक पुगेको हो।

विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। नेपालका लागि पुनम जर्घामगरले पहिलो गोल गरेकी हुन।

खेलको दोस्रो हाफमा नेपालले तीन गरेको थियो। नेपालका लागि ७३ औँ मिनेटमा अनिता बस्नेत, ८२ औँ मिनेटमा सावित्रा भण्डारी र ८६ औँ मिनेटमा रेखा पौडेलले गोल गरेकी हुन।

नेपालले फाइनलमा भारत र बंगलादेशबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछ। साफ महिला च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.