|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन।

राजपाको हरेक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका थिए।

राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९, ३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए।

वि. सं २०७४ वैशाख ७ गते विभिन्न मधेश केन्द्रीत राजनीतिक दल एकीकृत भई गठन भएको राजपामा अध्यक्ष मण्डलका सदस्य ६ जना छन। उनीहरूमध्ये पालैपालो संयोजक बन्ने गरेका छन। पार्टीका महाधिवशेनले नेतृत्व चयन गर्नेछ। आगामी वैशाख ७, ८ र ९ गते राजपाको पार्टी एकताको महाधिवेशन हुँदैछ।

यसअघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्रराय यादव थिए। यसपछि अध्यक्षमण्डलका अन्य सदस्य अनिल झा र राजकिशोर यादव क्रमश संयोजक बन्नेछन। पार्टी एकीकरण घोषणापछि महन्थ ठाकुर करीब १८ महिना अध्यक्ष मण्डलको संयोजक बनेका थिए। ठाकुरपछि राजेन्द्र महतोले जिम्मेवारी सम्हालेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.