|

पोखरा : मर्दी हिमालतर्फ गएका एक विदेशी पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ। चैत १ गते काठमाडौंको हिमालयन शेर्पा एड्भान्चर कम्पनीबाट आएका एक जापानी नागरिकको मृत्यु भएको हो।

चार जना जापानी नागरिक र दुई जना नेपाली पथप्रदर्शक गरी ६ जना मर्दी हिमालको लागि पदयात्रामा गएका थिए। बुधबार मर्दी हिमालको भ्यू पोइण्ट पुगेर फर्किने क्रममा जापानी नागरिक ६४ वर्षीय नाजासावा मजासी  भीरबाट लडेका हुन्।

करिब ८ सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.