|

धनकुटा । फागु पर्व धनकुटामा पनि हर्षोल्लासपूर्वक मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधबार धनकुटासहित पहाडी जिल्लामा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाएको छ।

धनकुटामा बिहानैदेखि विभिन्न संघ संस्थाले फागु पर्व विशेष कार्यक्रम गरी मनाए। धनकुटाको मुख्य केन्द्र मदन चोक, भीमसेन थान र परिचय मोडमा विशेष गरि युवकयुवतीको ठूलो संख्याको उपस्थितिमा होली पर्व सामुहिक रूपमा मनाइएको छ। ती स्थानमा सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। ती कार्यक्रममा कलेज पढ्ने उमेरका युवायुवतीको बाहुल्यता रहेको थियो।

फागु पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व रहेको छ। दैत्यराज हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा होलीका भष्म भएकी तर प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरीएको शास्त्रहरुमा उल्लोख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.