|
Representative Photo

काठमाडौं : फागू पूर्णिमाको अवसरमा मुलुकभर मनाइएको होलीको अवसरमा उछृङ्खल गतिविधि गरेको आरोपमा ८४ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा काठमाडौंका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन।

होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो। यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने ५ सय १९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिए।

भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.