|

पोखरा : वरिष्ठ पत्रकार भैरव रिसाल र पत्रकार मनिता चामलिङ राई सम्मानित भएका छन।

स्वतन्त्र पत्रकार संघ नेपालद्वारा संचालित पत्रकारिता पुरस्कारबाट रिसाल र राई सम्मानित भएका हुन। दुवैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानित गरेका हुन।

स्वतन्त्र पत्रकार संघ नेपालद्वारा बुधबार पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले सामाजिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ पत्रकार रिसाल र पत्रकार महिला सम्मानबाट धरानकी पत्रकार राईलाई सम्मान गरेका हुन।

समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापना गरिएको सामाजिक पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ र सूर्य बरालको परिवारबाट स्थापना गरिएको पत्रकार महिला पत्रकारिता पुरस्कारको राशि पाँच हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको छ।

सम्मानित भएपछि रिसालले मुलुकमा ठूलो परिवर्तन आएको स्मरण गर्दै पत्रकारिता कमाउनका लागि नभई देश र जनताको पक्षमा हुनुपर्नेमा जोड दिए। राईले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशील बनाउने विश्वास व्यक्त गरेकी थिइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.