|

भक्तपुर : सूर्यविनायक नगरपालिका ३ बोलकोटस्थित सूर्यविनायक–दक्षिणबाराही मन्दिर–काठमाडौं ल क्याम्पसदेखि पानिट्याङ्की सिरुटार सडकको कालोपत्रे तथा सूर्यविनायक चुनदेवी–तीनधारा सडक विस्तारको सिलान्यास भएको छ।

यो सडकको सिलान्यास बुधबार प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गरेका हुन।

पानीट्यांकी सर्वांगिण विकास समाजको आयोजनामा प्रदेश ३ को पूर्वाधार विकास आयोजनाको पाँच करोडको लागतमा सूर्यविनायक–दक्षिणबाराही मन्दिर–काठमाडौं ल क्याम्पसदेखि पानिट्याङ्की सिरुटार सडकको कालोपत्रे हुन लागेको हो।

त्यस्तै, सूर्यविनायक नगरपालिकाको एक करोडको लागतमा सूर्यविनायक चुनदेवी–तीनधारा सडक विस्तार गरिने भएको छ। यी दुवै सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त सडक निर्माणमा बजेटको अभाव हुन नदिने सांसद बस्नेतले बताए।

पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले भक्तपुरमा प्रत्येक मानिस हिँड्ने ठाउँमा केही न केही विकास भइरहेको बताउँदै विकासको जिम्मा, दिगो तथा स्थायी विकासको लागि सम्बन्धित निर्माण कम्पनी तथा सोही निकाय हुनुपर्नेमा जोड दिए। उनले कुनै पनि विकासमा गुणात्मक तथा परिणाममूखी विकास हुनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.