|

काठमाडौं : भारतमा उत्पादित गुणूतर फेल भएका औषधि नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन्। 

सरकारले प्रभावकारी बजार अनुगम नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हँदै आएको छ भन्ने खबर राजधानी दैनिकमा छ। जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन्। गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन्। 

३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको हो।  भारतको सेन्ट्रल ड्रग स्टान्डसर्ड एन्ड कन्ट्रोल अर्गनाइजेशनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधि गुणस्तर फेल भएको छ।  गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.