|

जाजरकोट : जिल्ला अदालत जाजरकोटका बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार भइरहेको छ। ५० शय्याको अस्पतालमा क्षमताभन्दा बढी बिरामी भएपछि भुइामै राखेर उपचार गर्न बाध्य भएको अस्पताल डा. महेश सेजुवालले बताए। अस्पतालमा झाडापखाला र टाउको दुख्ने बिरामी बढी आएका डा. सेजुवालले बताए।

शय्या अभावमा एउटा शय्यामा दुई जना बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुगेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताए। अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन भएपछि बिरामीको चाप बढेको अस्पताल प्रशासनले बताएको छ। 

२०३२ सालमा निर्माण भएको अस्पतालको स्तरोन्नतिका लागि भवनहरु निर्माणधीन छन्। तर, ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच वर्षसम्म पनि निर्माण सम्पन्न नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.