|

बाँके : फागु पूर्णिमाको भोलिपल्ट मनाइने तराई होली बाँकेमा धुमधामका साथ मनाइँदै छ। टोल–टोलमा नाचगान गरी एकापसमा रंग लगाएर होली मनाउने प्रचलन छ।

सामाजिक तथा धार्मिक सद्भावका लागि इस्लाम धर्मका अगुवा समेत होलीमा सामेल भएका छन्। नरैनापुर गाउँपालिकाका प्रमुख सैयद इस्तियाक अहमद साहले अबिर लगाएर होली खेलेका छन्। धार्मिक तथा सामाजिक सद्भावले मात्र समुन्न समाज निर्माण हुने बताउँदै एक अर्काको धर्मको सम्मान गर्नुपर्ने उनको भनाइ छ। 

नेपालगन्जमा पनि इस्लाम, क्रिश्चियन धर्मका अगुवाहरु समेत होली मिलन कार्यक्रममा सहभागी भएर शुभकामना आदान प्रदान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.