|

काठमाडौं : संयुक्त राष्ट्रसंघले नेपालको महिला सहयात्रा माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ।

संयुक्त राष्ट्र संघीय महिलाहरूको अवस्थासम्बन्धि ६३ औँ महासभामा महिलाहरूको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’द्वारा सम्मान गरेको हो।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले निजी क्षेत्रको तर्फबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत आफ्नो संस्थालाई संयुक्त राष्ट्र संघले एक लाख डलरसहित सम्मान गरेको जानकारी दिएको छ।

संस्थाकी प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले विगत ३ वर्षयता महिला सशक्तिकरणको क्षेत्रमा विश्वमा निजी क्षेत्रहरूले खेल्दै आएको योगदानको मूल्यांकन गरेर आफ्नो संस्थाले सो पुरस्कार प्राप्त गरेको पनि जानकारी दिइन।

महिला सहयात्रा माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले नेपालको दुर्गम क्षेत्रमा समेत लघु उद्यम विकास कार्यक्रम संचालन गरी महिलाहरूको सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ। प्रमुख कार्यकारी अधिकृत मानन्धरले ग्रामिण क्षेत्रका महिलाहरूमा उद्यम विकास र बजारीकरणसम्बन्धि आवश्यक ज्ञान तथा सीप र त्यसका लागि आवश्यक लगानीकोसमेत व्यवस्था गरेपछि संयुक्त राष्ट्र संघले आफ्नो संस्थालाई सम्मान गरेको जानकारी दिइन।

९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको यस संस्थाले आफ्ना ग्राहक सदस्यहरूलाई सीप विकास र तालिम तथा बजारीकरणमा उदाहरणीय काम गर्दै आएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.