|

पाँचथर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँचथरले जिल्लाका सबै स्थानीय तहमा पार्टी एकता प्रक्रिया टुङ्ग्याएको छ। स्थानीय तहमा पार्टी एकता गर्न गठित कार्यदलले पाँच स्थानीय तहको अध्यक्ष पूर्वनेकपा एमालेलाई र तीन स्थानीय तहको अध्यक्ष पूर्वनेकपा माओवादी केन्द्रलाई बाँडफाँट गरेर एकता प्रक्रिया टुङ्ग्याएको हो।

फिदिम नगरपालिका, याङ्वरक गाउँपालिका, हिलिहाङ गाउँपालिका, कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकामा पूर्वनेकपा एमालेले अध्यक्ष पाउँदा पूर्वनेकपा माओवादी केन्द्रले फालेलुङ गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पाएको छ।

नेकपा केन्द्रीय सदस्य तथा पार्टी एकता कार्यदलका जिल्ला संयोजक डम्बरसिं सम्बाहाम्फेले सार्वजनिक गरेको स्थानीय तहका अध्यक्ष र सचिवको नामावली हेर्दा साविकको एउटा पार्टीले नेतृत्व पाएको स्थानीय तहमा अर्को पार्टीलाई सचिव पद दिएको छ। जसअनुसार याङ्वरक गाउँपालिकामा अध्यक्ष सुवास योङ्या, सचिवमा अर्जुन बेघा, हिलिहाङ गाउँपालिकामा भुवानीप्रसाद लिङ्देन अध्यक्ष, रवीन तिम्सिना सचिव, फालेलुङ गाउँपालिकामा महेन्द्र जबेगू (फुङ्निमा) अध्यक्ष र सचिवमा सुदर्शन भएका छन। फिदिम नगरपालिकामा वीरेन्द्र तुम्बापो (प्रतीक) अध्यक्ष, देवी थापा सचिव, कुम्मायक गाउँपालिकामा मेघराज निरौला अध्यक्ष, प्रकाश काफ्ले सचिव, फाल्गुनन्द गाउँपालिकामा वीरबहादुर कुरुम्बाङ अध्यक्ष, ठाकुरसिं नेम्वाङ सचिव, तुम्बेवा गाउँपालिकामा खड्गसुन्दर सम्बाहाम्फे अध्यक्ष र प्रताप सचिव हुँदा मिक्लाजुङ गाउँपालिकामा दिनेशकुमार लावती अध्यक्ष र छविलाल लावती सचिव भएका छन।

नेकपा नेता हर्क नेम्वाङ (मिक्सो) ले पार्टीको जिल्ला तहको एकता प्रक्रिया पनि टुङ्गिन लागेको बताए। ‘९९ प्रतिशत काम सकियो, चाँडै एकता घोषणा हुन्छ’, उनले भने, ‘जनवर्गीय संगठनहरूको एकता प्रक्रिया चाँहि अलिक लम्बिन सक्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.