|
फाइल फोटो

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि राजनीतिक सहमति जुटाउन उपसमिति गठन गरेको छ।

समितिको बिहीबारको बैठकमा सभापति शशी श्रेष्ठले समिति सदस्यहरूले नागरिकता विधेयकमा सहमति हुन नसकेका विषयमा सहमति जुटाउनका लागि ९ सदस्यीय उपसमिति गठन गरिएको जानकारी दिइन। उपसमितिमा देवेन्द्रराज कँडेल, नवराज सिलवाल, प्रेम सुवाल, विजय सुब्बा, मीना पाण्डे, यशोदा सुवेदी,राजकिशोर यादव, लक्ष्मी चौधरी र रामसहायप्रसाद यादव रहेका छन।

सहमति भएका विषयमा उपसमितिले छलफल नगर्ने र सहमति जुटाउन बाँकी विषयमा उच्च राजनीतिक तहमा छलफल गरेर निकास ल्याउने श्रेष्ठले जानकारी दिइन। उपसतिमिलाई १५ दिनको म्याद दिइएको छ।

समितिमा अंगीकृत नागरिकता र दण्डसजाय महलको विषयमा सहमति जुट्न सकेको छैन। त्यसैगरी कतिपय सहमति जुटेका विषयमा पनि भाषामा विवाद आएको छ। श्रेष्ठले कतिपय संशोधन र नागरिकताको मूल ऐनमा नसमेटिएका विषयमा पनि छलफल गरेर उपसमितिले सहमतिको शुत्र ल्याउने बताइन।

नागरिकताको विषय संवेदनशील र उच्च महत्व बोकेको विषय भएकाले उपसमिति गठन गरेर उच्चस्तरीय राजनीतिक सहमति खोज्न लागिएको बताइएको छ। समयसीमाभित्र सबै दलका शीर्ष नेताहरूसँग छलफल गरेर सहमति जुटाएर निकास आउने विश्वास लिएको सभापति श्रेष्ठले बताइन।

उक्त विधेयक साउन २२ गते समितिमा पुगेको थियो। दर्जनौँ बैठक बस्दा पनि समितिले नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पास गर्न सकेको थिएन।

पढ्नुहोस्ः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.