'सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति छैन'

|

चितवन : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काभ्रेमा दोहोरो 'फाइरिङ' गरेको प्रहरीको दाबी 'बकवास' भएको टिप्पणी गरेको छ। बिहीबार मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनले एक विज्ञप्ति जारी गरी काभ्रे गोलीकाण्डबारे प्रहरीको भनाइ झुटो भएको दाबी गरेका हुन्।

प्रहरीले यसअघि चैत ५ गत्ते काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तासँग दोहोरो गोली हानाहान भएको बताएको थियो। त्यसको ठीक २ दिनपछि विप्लव समूहले विज्ञप्ति जारी गरी आधाकारिक धारणा सार्वजनिक गरेको हो।

सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरूलाई संस्थागत संरक्षण गर्न खोजेको जारी विज्ञप्तिमा आरोप लगाइएको छ।

विज्ञप्तिमा झुटो बकवासले जनयुद्धताका लगाएको संकटकालको झल्को दिएको उल्लेख गरेको छ। विप्लव समूहले तत्कालै प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको तर दमन जारी राखे जनप्रतिरोधका लागि तयार रहेको चेतावनी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.