|

मकवानपुर : दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक मकवानपुर ११ ले विजयी सुरुवात गरेको छ। हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा भएको उद्घाटन खेलमा मच्छिन्द्र क्लबलाई २—१ को गोल अन्तरले पराजित गर्दै मकवानपुरले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

मकवानपुरको जितमा दबै गोल अफ्रिकन खेलाडी काजिमले गरे। मच्छिन्द्रको लागि डोमिया मोहम्मदले एक गोल गरे। बिहीदेखि सुरु भएको प्रतियोगिता यही चैत १६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आयोजक मकवानपुर ११ सहित दाउफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका विजेताले ८ लाख र उपविजेताले चार लाख रुपैंया नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.