|

इलाम : १९ वर्षपछि नेपाली राष्ट्रिय टिम कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। अलशाबब खेल मैदानमा नेपालले कुवेतविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन लागेको हो।

खेल नेपाली समयअनुसार ९:१५ बजे हुनेछ। नेपाल विगतमा कुवेतविरुद्ध निरीह रहँदै आएको छ। सन २००० फेव्रुअरी १८ मा अन्तिम पटक एएफसी एसियन कपमा नेपालले कुवेतको सामना गरेको थियो। जसमा कुवेत ५–० गोलको फराकिलो अन्तरले जित निकाल्न सफल भएको थियो।

३७ वर्षबीचको अवधीमा यी २ टोलीबीच ४ पटकको भेटमा सबै खेलमा कुवेत हावी भएको छ। २१ गोल गरेको कुवेतविरुद्ध नेपालले १ मात्र गोल फर्काउन सफल भएको छ। पहिलो पटक एसियन कप १९८२ मा ३–१ गोल अन्तरले पराजित हुँदो नेपालको तर्फबाट वाइवी घलेले गोल फर्काएका थिए। त्यसयता एसियन कप १९८६ मा ५–० र १९९४ मा ८–० ले पराजित बनेको नेपाल यो पटक पहिलो जितको खोजीमा हुनेछ।

राष्ट्रिय टोलीमा अजितको डेव्यु

नेपाली राष्ट्रिय टिमबाट आज नेपाल पुलिस क्लबका डिफेन्डर अजित भण्डारी डेव्यु गर्दैछन्। मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध खेल्ने सुरुवाती– ११ को नाम सार्वजनिक गर्दा अजित टिममा परेका हुन्।  बूढासुव्वा गोल्डकपको इन्जुरीपछि थ्रीस्टारका कप्तान विक्रम लामा र डिफेन्डर रञ्जित धिमाल टिममा कमव्याक गरेका छन्।

नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु

डिफेन्डर : विराज महर्जन (कप्तान) , देवेन्द्र तामाङ, अजित भण्डारी, रञ्जित धिमाल

मिडफिल्डर : रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ, सुमन लामा

फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.